काठमाडौं २३ मंसिर । मोरङमा एक शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । हत्याको आरोप नेत्र विक्रम चन्द विप्लव समुहमाथि लगाएको भएपनि स्वतन्त्र पुष्टि भने भएको छैन ।
प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका(१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।
उनलाई अज्ञात समुहले घरबाटै उठाएर बर्खे जंगलमा लगिएको थियो । जंगलमै उनको गोली हानी हत्या गरिएको बताइएको छ । घटनास्थलमा प्रहरी पुग्दैछ । घटनास्थलमा नपुग्दै प्रहरीले भने हत्या विप्लव समुहबाट भएको पुष्टि गरेको सञ्चार माध्मलाई बताएको छ ।
प्रहरीका अनुसार घरबाट ६ बजेतिर पाँच जनाको संख्यामा आएका उनीहरुले घरबाट जंगलतर्फ लगेका थिए । स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका खड्काको टाउकोमा गोली लागेको छ । उनीमाथि विप्लव समुहले सुराकी गरेको आरोपमा हत्या गरेको प्रहरीको दाबी छ ।