काठमाडौं, २३ मंसिर । विश्वकै सर्वोच्च शिखर सडरमाथाको उचाई बढेको छ । नयाँ सार्वजनिक उचाई अनुसार सगरमाथाको वास्तविक उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको छ ।
मंगलबार राजधानीमा विशेष कार्यक्रम आयोजना गरेर नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरिदिएका हुन् ।
यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको थियो।
नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।