काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै एआइजीमा सिफारिस् डिआइजी विश्वराज पोखरेलको पद धरापमा परेको छ ।
गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्ना नातेदार डिआइजी विश्वराज पोखरेललाई एआइजी बनाउने उद्देश्यले मन्त्रिपरिषदमा दरबन्दी थपको प्रस्ताव गरेको दिए । गत मंसिर ३ मा मन्त्रिपरिषदले एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो ।
पोखरेलको योजना अनुसार नै डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्न गृहमन्त्रालयले सिफारिस गरेको थियो ।
तर राज्य व्यवस्था समितिले बुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।