पक्राउ नै नगरी शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र गोयललाई उन्मुक्ति : पक्राउ पूर्जी अलपत्र !

दियो पोस्ट  

काठमाडौं, २५ मंसिर । भोगाधिकार क्षेत्रभन्दा बाहिर गैरकानुनी रुपमा राष्ट्रिय वन क्षेत्र उत्खनन् गर्ने शिवम् सिमेन्ट उद्योगका मुख्य मालिकलाई भने उन्मुक्ति दिइएको पाइएको छ ।


शिवम् सिमेन्टका मालिक तथा अध्यक्ष सुरेन्द्र कुमार गोयललाई भने उन्मुक्ति दिइएको पाइएको छ । तत्कालिन मकवानपुर ईलाका वन कार्यालयले गायलको नाममा पक्राउ पुर्जि जारी गरेको भएपनि उनलाई पक्राउ नगरी अर्का मालिक रघुनन्दन मारुलाई मात्रै मुद्दा चलाएको पाइएको हो ।


मारुलाई जिल्ला अदालत मकवानपुरले सफाई दिने फैसला गरिसकेको छ । यद्धपी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मकवानपुरको फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा निवेदन दिइसकेको छ ।

जिल्ला अदालत मकवानपुरले शिवम् सिमेन्टका मालिक मारुलाइृ २०७४ साल मंसिर ८ गते पूर्ण निर्दोष भन्न नसकिने भन्दै ७ लाख ५५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।


तर, उद्योगका मख्य मालिक गोयललाई भने पक्राउ समेत नगरी उन्मुक्ति दिइएको पाइएको छ ।
२०७४ वैशाख २५ गते उनको नाममा वन कार्यालयमा उपस्थित हुन भनेको थियो ।


दियोपोस्टले प्राप्त गरेको उक्त पत्रमा भनिएको छ,–‘उपरोक्त विषयमा शिवम् सिमेन्ट प्रा.ली अनामनगर, काठमाडौंले मकवानपुर जिल्लाको सुकौरा र चप्की गाविसमा अनुमति पाएको भन्दा बढि क्षेत्रमा उत्खनन् गरी वातावरण बिनाश गरेको विषयमा तपाईंसँग तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले पत्र पाएको मितिले बाटोको म्याद बाहेक ७ दिन भित्र यस कार्यालयमा उपस्थित हुन आउनुहोला ।’


तर, उक्त पत्रको बेवास्था गर्दै गोयल उपस्थित हुनुको सट्टा भागी हिँडेको पाइएको छ ।

सिवम सिमेन्टको उद्योगको खानी रहेको मकवानपुरको साविक सुकौरा – ६ र ठिङ्गन ९ अन्तर्गत पर्ने हाल मकवानपुर गढी गाउँपापिलका – ७ को चप्कीमा भोगाधिकार भन्दा बाहेकको वन क्षेत्रमा उत्खनन् गरेको खुलेको थियो ।

भोगाधिकार भन्दा बाहिर गएर वन क्षेत्रमा उत्खनन् गरेको पाइएपछि सेक्टर वन कार्यालय फापरबारीले विराटनगर महानगरपालिका वडा नम्बर २१ घर भएका शिवम् सिमेन्टका अर्का मालिक रघुनन्द् मारु विरुद्ध २०७४ सालमा जिल्ला अदालत हेटौंडामा वन मुद्दा दर्ता गरेको थियो ।

स्वीकृत माइनिङ स्किममा उल्लेख भएका भोगाधिकार भन्दा ३ दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्रमा गैरकानुनी रुपमा चुनढुंगा निकालेको खुलेको थियो ।

तत्कालिन अनुसन्धान अधिकृतका अनुसार त्यतिबेला सिवम् सिमेन्टले १२ लाख ५३ हजार ५ सय ७९ दशमलव १२ क्युफिट चुनढुंगा गैरकानुनी रुपमा कच्चा पदार्थ उत्खनन् गरेको थियो ।

तत्कालिन अनुसन्धान अधिकृतले वन नियमावली, २०५१ को अनुसुची ६ अनुसार प्रति क्युफिट ३ रुपैयाँका दरले ३७ लाख ६० हजार ७ सय ३७ रुपैयाँ ३६ पैसा विगो मात्रै निर्धारण गरेको थियो । मारु बाहेक गोयललाई पनि मुद्दा लगाउनुपर्ने भएपनि शक्तिको आडमा उनले उन्मुक्ति पाएका हुन् ।

तत्कालिन जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला वन कार्यालयलाई दिएको राय अनुसार ‘स्वीकृत सर्तको उलंघन गरी गैह्रकानुनी रुपमा स्वीकृत क्षेत्र भन्दा बाहिर शिवम् सिमेन्ट्स लि.ले वन क्षेत्रबाट वन पैदावर झिक्ने हटाउने र ओसार पोसार गर्ने कसुर’ गरेको ठहर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले शिवम् सिमेन्टका सञ्चालक रघुनन्दन् मारुले वन ऐन २०४९ को दफा ४९ (घ) र (ज) अनुसार कसुर गरेको भन्दै ऐनको दफा ५० उपदफा (१) (घ) बमोजिम हानी नोक्सानी पुर्याएकोले विगो माग गरेको छ । त्यस्तै ऐनको दफा ५० उपदफा १ को घ ४ अनुसार सजाय माग गरिएको थियो ।

वन ऐन २०५१ को परिच्छेद ११ मा अपराध दण्ड सजाय अनुसार राष्ट्रि वन क्षेत्र गरिने अपराधको सजाय निर्धारण गरिएको छ ।

दफा ४९ को (घ) मा ‘वन क्षेत्रबाट वन पैदावार हटाउन, ओसार पोसार गर्न वा बिक्री वितरण गर्न’ मनाही गरेको छ ।

ऐनको दफा ५० उपदफा (१) को (घ) (४) मा ५ हजार भन्दा बढी विगो हुनेलाई एक वर्षसम्म कैद वा विगोको दोब्बर सजाय दुवै हुने उल्लेख छ ।
मुद्दा प्रक्रियामै सहभागी नगराई तत्कालिन वन कर्मचारीले शिवम् सिमेन्टका अध्यक्ष तथा मालिक सुरेन्द्र गोयललाई उन्मुक्ति दिइएको पाइएको हो ।

TATA ADD