बसन्त चौधरी अध्यक्ष रहेको युनाइटेड फाइनान्स ‘टाट पल्टियो’ : शेयरधनीको हात खाली !

दियो पोस्ट  

काठमाडौं, २५ मंसिर । अर्बपति ब्यापारी बिनोद चौधरीका भाई बसन्त चौधरी अध्यक्ष रहेको युनाइटेड फाइनान्सले शेयरधनीहरुलाई यो वर्ष रित्तो हात पठाएको छ । लाभांश पाउने आशामा रहेका शेयरधनीले यस वर्ष लाभांश नपाउने भएका हुन् ।


चौधरी नेतृत्वको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले लाभांश नदिने घोषणा गरेको हो ।

कम्पनिले नपाल स्टक एक्सचेन्जलाई जानकारी दिए अनुसार समितिको २५५ औँ वैठकले संस्थाको वित्तिय अवस्था थप बलियो बनाउन मुनाफाबाट शेयरधनीलाई मुनाफा वितरण नगर्ने निर्णय गरेको हो ।

यो पत्र अनुसार चौधरी नेतृत्वको युनाइटेड फाइनान्स टाट पल्टँदै गएको बुझ्न सकिन्छ ।


‘संस्थाको रकममा ठूला बडाहरुको मात्रै मोज र मस्ती छ । हामीले त शेयरबापत लाभांश पनि पाएनौँ,’ एक शेयरधनीले दियोपोस्टसँग भने,‘हामीले लगानी गर्ने तर अध्यक्ष लगायत सञ्चालक समितिले फाइदा लिने मात्रै भएको छ । अब यसको विरोध गरिन्छ ।’


नर्भिक अस्पतालका समेत अध्यक्ष रहेका बसन्त चौधरीले अस्पतालका कर्मचारीलाई समेत युनाइटेड फाइनान्समै खाता हुनुपर्ने बाध्यकारी नियम ल्याएका छन् ।

सम्बन्धित खबर