काठमाडौं, २६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ विवादमा तानिएका छन् । कोरोना भाइरस संक्रमबाट निधन भएका पूर्व राजदूत तथा नेकपाका नेता कमान सिंह लामाबीच लेनदेनको विषयलाई लिएर भएको कुराकानी अडियो सार्वजनिक भएपछि उनी विवादमा परेका हुन् ।
अडियोमा श्रेष्ठले उनका स्वकिय सचिव सुशान कर्माचार्यलाई गिफ्ट शेयर पाएको साँढे २ करोड रुपैयाँको विषयमा कुराकानी गरिएको छ ।
अडियो सार्वजनिक भएपछि श्रेष्ठले एउटा हाइड्रोपावरको शेयर खरिदमा भएको विवादको आफूले मध्यस्तकर्ता गरिदिएको बताएका छन् ।
‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भनेका छन्,‘मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ ।’