काठमाडौं, २६ मंसिर । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिएको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पु¥याएको हो । कलंकी नजिकैको यो ओरालोमा व्यापक दुर्घटना हुने गरेको छ ।
दुर्घटनामा ओखलढुङगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । ब्रेक फेल भएको ट्रक घर भित्रै छिरेको थियो । ।