काठमाडौँ, २८ मंसिर। ललिता निवासको जग्गा घोटाला प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्त्यात आइतबार विशेष अदाल समक्ष आत्मसमर्पण गरेका छन् । उनको पक्षमा बरिष्ठ अधिवक्ता शम्भु थापा र रमन कुमार श्रेष्ठले बहस गरिरहेका छन् ।
तर, उनको बयान भने बस्न्यातकै नातेदारले लिएको पाइएको छ ।
विशेष अदालतका मुख्य न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा उनको बयान सुरु भएको बुझिएको छ ।
स्रोतका अनुसार विशेष अदालतका न्यायाधीश कार्की बस्न्यातकै नातेदार रहेको पाएको छ ।
नातेदार बस्नेतलाई छुटाउनकै लागि सेटिंगमा कार्कीको इजलाशमा अत्मसमर्पण गरेको स्रोतले जनाएको छ ।
आफु विरुद्ध मुद्दा दर्ता भएको १० महिनापछि बस्न्यात बरिष्ठ वकिलहरुको साथमा अदालतमा आत्मसमर्पण गर्न पुगेका हुन् ।
अख्तियारले सरकारी जग्गा हिनामिना गरेको भन्दै बस्न्यातसहित १७५ जनाविरुद्ध गत २२ माघ ०७६ मा विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले बस्न्यातसँग मात्र ९ करोड ६५ लाख बिगो मागदावी गरेको छ ।