सिद्धबाबालाई सफाई दिने न्यायधीश अर्जुनप्रसाद कोइरालाबिरुद्ध उजुरी

दियो पोस्ट  

काठमाडौँ । जिल्ला अदालत सुनसरीका न्यायधीश अर्जुनप्रसाद कोइरालाबिरुद्ध न्याय परिषदमा उजुरी परेको छ । कोइरलाले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरिलाई सफाई दिने फैसला दिएसँगै उनिबिरुद्ध उजुरी परेको हो ।

सिद्धबाबाबाट पीडित महिलाले न्यायधीश कोइरालाबिरुद्ध न्याय परिषदमा उजुरी दर्ता गरेकी हुन् ।

न्यायधीश कोइरालाले गत मंसिर २२ गते बलात्कार मुद्धामा सिद्धबाबालाई सफाई दिएका थिए । अदालतले सिद्धबाबालाई सफाइ दिएपछि यसको बिषयमा चौतर्फी विरोध समेत भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यलयबाट सो दिनको पेशी हटाउनका लागि निवेदन गएको भएतापनी नियोजित रुपमा निवेदन दर्ता नगरि एकातर्फी बहस गराई मुद्धाको फैसला गरेको भन्दै न्यायधीशको बिरोध भएको थियो । यस प्रकरणमा न्यायधीशको नियतमा समेत प्रश्न उठेको थियो ।