काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आगामी पुस १ गते बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगित भएको थियो ।
कोरोना सङ्क्रणका कारण लामाको यही मङ्सिर २५ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो ।