नारायणकाजीको बचाउ गर्दै प्रचण्डले भने, ‘अनावश्यक प्रचार नगरौँ’

Diyo post  

काठमाडौँ, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कमानसिंहसँगको अडियो÷भिडियो लाई लिएर पार्टी प्रवक्ताको विषयमा अनावश्यक प्रचार नगर्न अनुरोध गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठको बचाउ गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

अध्यक्ष दाहालले लामाको निधनबाट शोकाकुल र दुखित भएको घडीमा हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादलाई पार्टी प्रवक्तलाई मुछेर अनावश्यक प्रचार गरिन खोजिएको बताएका छन् । उनले पार्टीका अन्य नेताहरुलाई त्यस्तो प्रचार नगर्न र प्रचारमा नलाग्न अनुरोध समेत गरेका छन् ।

नारायणकाजी श्रेष्ठको बिषयमा केन्द्रिय कमिटी बैठकमा सामान्य छलफलका क्रममा अध्यक्ष प्रचण्डले आफुले सम्बन्धित व्यक्तिलाई राखेर छलफल गर्दा प्रवक्त श्रेष्ठले मिल्नुस भन्नेबाहेकका अरु कुरा नगरेको पाएको बताएका छन् ।

पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली भने यस बिषयमा मौन नै रहे ।

नेकपाका केन्द्रिय सदस्य तथा पुर्वसांसद कमानसिंह लामाको निधन भएपछि नारायणकाजी श्रेष्ठ र कमानसिंह लामा विवाद गरिरहेको अडियो र भिडियो सार्वजनिक भएको थियो । त्यसो त प्राण त्याग्नुअघि लामाले फेसबुकमा निकै लामो स्टाटस समेत लेखेका थिए । उनको स्टाटसमा आफ्नै पार्टीको नेतामाथि आक्रोश ब्यक्त गरिएको थियो । सो आक्रोश अप्रत्यक्ष रुपमा नारायणकाजी प्रति लक्षित रहेको समेत आँकलन गरिएको छ ।

नारायणकाजी श्रेष्ठले भने आफुलाई विवादमा ल्याउनका लागि सुनियोजित ढंगबाट अडियो र भिडियो बाहिर ल्याएको बताउँदै आएका छन् । उनले भिडियो आफुले पनि हेरेको तथा सुनेको र त्यसमा त्यस्तो अकल्पनीय केही नभेटिएको पनि बताएका छन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ