अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात जेल चलान

दियो पोस्ट  

काठमाडौं, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात जेल चलान भएका छन् । उनलाई विशेष अदालतले थुनामा पठाउन आदेश दिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि जेल चलान गरेको हो ।
न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । ललिता निवास प्रकरणमा मुद्दा चलाइएकामध्ये अहिलेसम्म अदालतमा बयान दिएका कसैलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छैन। यो प्रकरणमा जेल जानेहरुमा उनी नै पहिलो अभियुक्त बनेका छन् ।

TATA ADD