
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को पौष ४ गते छैठौं कार्यसमितिका लागि हुन गईरहेको निर्बाचनका लागि उम्मेदवारहरुको प्रारम्भिक नामावलि सार्बजनिक भएको छ।
जसअनुसार अध्यक्ष पदमा ई. उमेश प्रसाद थानी र ई. ध्रुब थापाको उमेदवारी परेको छ।
पार्टी सभापति देउबा निकट रहेका ई. थानीका प्रस्ताबकमा ई. रोसन देव र समर्थक ई. भेषराम पोख्रेल रहेका छन भने पौडेल समुहबाट उम्मेदवारी दिएका ई. थापाका प्रस्ताबक ई.शंकर पन्डित रहेका छन् ।
त्यस्तै पाचौं कार्यसमितिको निर्बाचनमा देउवा समुहबाट अध्यक्षमा उम्मेद्बारी दिइ पराजय भोगेका ई.मुकेश काफ्ले ई. ध्रुब थापाको समुहलाई समर्थन गरेका छन्।
बिद्युत प्राधिकरणमा रहदा लोडसेडिङको बिषयलाई लिएर बिबादित ई. काफ्ले ले थापाको प्यानलाई समर्थन गर्नु अश्वभाभिक समिकरणको रुपमा एक पक्षले लिइएको छ ।
यस्तै उपाध्यक्षमा सुर्य बहादुर पाण्डे , मन्दिप सुबेदि र धनेन्द्र केसिले उमेद्वारि दिएका छन्।
महासचिबमा प्रेम चन्द्र राय र रोशन राज गिरिको उमेद्वारि रहेको छ। महासचिवको उम्मेद्वार ई. राय गगन/प्रदिप समुहसंग निकट रहेर लामोसमयदेखि काम गरिरहेका छन्।
उप-महासचिबमा हरि नारायण राय यादब, सरोज धिताल, सुमन पुडासैनि र बिरेन्द्र खड्काको उमेद्वारि परेको छ।
कोषाध्यक्षमा बिनोद बहादुर पाल, श्याम दाहाल र कौशल केसिले उमेद्वारि दिएका छन्।
त्यस्तै १८ सदस्य पदका लागि २९ जनाको उमेद्वारि परेको छ।
नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुको लामो समयदेखि अधिबेशन नभैरहेको अवस्थामा हुन लागेको इन्जिनियरहरुको निर्वाचनलाई कांग्रेसका नेताहरूबाट चासोसाथ हेरिएको छ। सिडेन कार्यसमितिबाट ६ जना इन्जिनियरहरु नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जान पाउँछन् ।