१ करोड ६३ लाखको चेक बाउन्स मुद्दामा फरार अनिल पोद्दार सिआइबीद्वारा पक्राउ !

दियो पोस्ट  

काठमाडौं, २९ मंसिर । एक करोड १३ लाख रुपैयाँ चेक बाउन्स मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले पक्राउ गरेको छ ।


राजधानी काठमाडौंको बबरमहल बस्दै आएका ४८ वर्षिय अनिल पोद्दारलाई सिआइबीले पक्राउ गरेको हो । उनलाई कलंकीबाट पक्राउ गरेको हो ।


उनले आफ्नो खातामा पैसा नभएपनि काठमाडौं बुद्दनगर बस्ने नानी बाबु खरेललाई १ करोड ६३ लाखको चेक दिएका थिए । चेक दिएपनि रकम भुक्तान नभएपछि उनलाई खरेलले चेक अनादर मुद्दा हालेका थिए ।

जिल्ला अदालत काठमाडौंले २०७३ भदौ १५ गते १ महिना कैद र ३ हजार जरिवाना सहित १ करोड ६३ लाख बिगो भराउने फैसला गरेको थियो ।

४ वर्षदेखि फरार रहेका उनलाई सिआइबीले आइतबार पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको छ ।

TATA ADD