बालुवाटारमा संवैधानिक परिषद बैठक शुरु, देउवा र सापकोटाद्वारा बहिष्कार !

दियो पोस्ट  

काठमाडौँ, ३० मंसिर । केही समयअघि देखि प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी छ । अध्यादेशमार्फत ऐन संशोधन गरेको केही घण्टा पनि बित्न नपाउँदै संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव प्रेम राईलाई सिफारिस तयारी गरेको पाइएको छ ।

बालुवाटारमा जारी बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिस्कार गरेका छन् ।


अध्यादेश नै ल्याएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट पूर्व गृहसचिव प्रेम कुमार राईलाई अख्तियार प्रमुखका नियुक्त गर्न लागेका हुन् ।

नेपाल प्रहरीका पूर्वएआइजी जयबहादुर चन्दलाई आयुक्तमा सिफारिस गर्ने तयारी गरिएको थियो । तर, देउवाले बैठक बहिस्कार गरेपछि उनको भविष्य समेत अन्यौलमा परेको छ ।


परिषद बैठकमा सभामुख सापकोटा नगएपछि सरकारले मंगलबार दिउँसो आकस्मिक रुपमा अध्यादेशमाफर्त संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेको छ ।

TATA ADD