संवैधानिक परिषद् बैठक सकिए लगत्तै प्रधानमन्त्री फेरि शितल निवासमा, निर्णय सुनाउन गएको खुलाशा

दियोपोस्ट संवाददाता

काठमाडौं, ३० मंसिर । संवैधानिक परिषद बैठक सकिएको केहीबेरमै प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास प्रवेश गरेका छन् ।

आज साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । केहीबरअघि सकिएको संवैधानिक परिषदको बैठकको निर्णय सुनाउन उनी त्यहाँ पुगेको बताइएको छ ।

मंगलबार सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशको व्यवस्थाअनुसार प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थितिमा बैठक बसेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र सभामुख अग्नि सापकोटाले सहभागीता जनाएनन् ।

अध्यादेशपछि सत्तारुढ दल भित्र चरम विवाद शुरु भएको छ ।

सम्बन्धित खबर