भिम रावलसहितका नेता संसद अधिवेशनको निवेदन लिएर शितल निवास पुग्दा सचिव फरार !

दियो पोस्ट  

काठमाडौं, १ पुस । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका सांसदअरु हस्ताक्षर सहित राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।


नेकपाका सांसद तथा स्थायी समिति सदस्य भिम रावल, पम्फा भुसाल सहितका सांसदहरु हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै शितल निवास पुगेका हुन् ।

तर, संसद बैठकको निवेदन लिनुपर्ने राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल मोबाइल नै स्विच अफ गरेर फरार भएको पाइएको छ ।

उनलाई नेताहरु रावल र भुसालले घण्टौ कुर्दा पनि नआएपछि निवेदन र सांसदको हस्ताक्षर बुझाउन पाएको छैन ।


निवेदन नबुझेपछि नेताहरुले शितल निवासले षडयन्त्र गरेको आरोप लगाएका छन् ।

सम्बन्धित खबर