माइतिघरमा आन्दोलनरत उखु किसान सडकमै विरामी पर्न थाले ! (फोटोफिचर)

दियो पोस्ट  

काठमाडौं, २ पुस । राजधानीको माइतिघरमा आन्दोलनरत उखु किसानहरु धमाधम विरामी पर्न थालेका छन् । काठमाडौंमा दैनिक रुपमा बढिरहेको चिसोका कारण उनीहरु सडकमै विरामी पर्न थालेका हुन् ।

SONY DSC


आफ्नो भुक्तानी नपाएको भन्दै सर्लाही, कपिलबस्तु, रौतहट लगायतका हजारौँ किसानको प्रतिनिधि बनेर काठमाडौं आएका उनीहरु विगत तीनदिन देखि राजधानीको माईतिघरमा आन्दोलनमा छन् । आन्दोलनमा आएका उनीहरुलाई उद्योग मन्त्री लेखराज भट्टले भने विचौलियाको संज्ञा दिएका थिए । उनको यो भनाई निकै विवादास्पद बनेको थियो ।

SONY DSC


उखु किसानको अर्बौ भुक्तानी नदिने चिनी उद्योगीको पक्षमा खुलमखुल्ला लागेका उद्योग मन्त्री भट्टको चौतर्फी आलोचना भइरहेको छ । आन्दोलनरत किशानका मागका विषयमा गृहमन्त्री राम बहादुर थापा बादललाई उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले ७ दिन भित्र भुक्तानी दिने वातावरण बनाउन निर्देशन दिएको थियो ।

SONY DSC


तर, उखु किशानहरु दैनिक आन्दोलनमा आएपनि सरकारले हालसम्म चिनि उद्योगीलाई पक्राउ समेत गर्न नसकेपछि किसानहरु चिन्तित बनेका छन् । बढ्दो चिसोमा एक सरो कपडाको भरमा दिनरात माइतिघरमा आन्दोलनमा उत्रिएका किसानहरुमा बृद्धहरु समेत छन् । विहिबार दिउँसो नै २ जना आन्दोलनरत किसानहरुलाई आन्दोलन स्थलमै ज्वरो आएको एक सहभागीले दियोपोस्टलाई बताए ।

TATA ADD