काठमाडौँ, ४ पुस – प्रधानमन्त्री केपी शर्मा ओली ब्रेक फास्ट मिटिङका लागि भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जाने भएका छन् । ओली अहिले विहान १० बजे प्रचण्डसँग भेटका लागि खुमलटार जाने भएका हुन् । पार्टी भित्र आन्तरिक विवाद चर्किएको बेला ओली प्रचण्ड निवास जान लागेका हुन् ।
प्रधानमन्त्री ओली खुमलटार जानेभएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।