काठमाडौं, ४ पुस । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेका छन् । नेकपा विवाद चर्किएको बेला ओलीको प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अध्यक्ष प्रचण्डले विभिन्न आरोप लगाउँदै प्रधानमन्त्री ओलीको राजिनामा
माग गरेका थिए । तर, ओली पद छोड्न तयार नभएपछि नेकपा विवाद झनै चर्किएको छ ।
पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएको भोलिपल्टै ओली उनलाई भेट्न गएका हुन् । उनी जानेभएपछि खुमलटारको सुरक्षा व्यवस्था कडा पारिएको छ ।