बामदेवले प्रधानमन्त्री पद माग्दा ओलीको जवाफ,– ‘प्रधानमन्त्री हुन अंग्रेजी जान्नुपर्छ’

दियो पोस्ट  

काठमाडौं, ५ पुस । प्रधनमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पटक पटक अपमान गरेको पाइएको छ । कहिले प्रधानमन्त्री, मन्त्री त कहिले पार्टी अध्यक्षको ललिपप देखाउँदै आएका प्रधनमन्त्री ओलीले केही महनाअघि निकै अपमान गरेपछि गौतम बिच्किएको पाइएको छ ।
गत स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । सोही प्रस्तावको विषयमा शनिबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा समेत छलफल भएको थियो ।


शनिबार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच वार्ता चलिरहेको बेला बैठक कक्षमा वामदेव गौतम छिरेका थिए । बैठक कक्षमा गौतम छिरेपछि प्रचण्डले ‘वामदेवजीलाई प्रधानमन्त्री बनाउने तपाईंको प्रस्ताव के हो ?’ भनेर प्रश्न गरे । जवाफमा ओलीले ‘गौतमजीलाई प्रधानमन्त्री बनाऔँ’ भनेका थिए । प्रचण्डले ‘त्यसो हो भने तपाईंले नै राजीनामा दिनुस् न त’ भन्ने जवाफ दिएपछि ओलीले भनेका थिए,‘अनि अहिले कहाँ राजीनामा दिन्छु त, चुनावपछि प्रधानमन्त्री बनाऔं पो भनेको हो ।’ भन्दै ढाँटेका थिए ।

त्यसो त गत वर्ष कात्तिक, माघ र वैशाखमा पनि शक्ति सन्तुलन बिक्रिएपछि प्रधानमन्त्री ओली वामदेव कार्ड प्रयोग गर्दै आएका छन् । तर गत साउनको एउटा भेटपछि भने ओलीसँग वामदेव गौतम निकै बिच्किएको पाइएको छ ।


साउनको भेटमा गौतमले आफू प्रधानमन्त्री बन्ने कुरा कहाँ पुग्यो भनेर ओलीलाई सोधेका थिए । जवाफमा ओलीले ‘प्रधानमन्त्री बन्न अंग्रेजी जानेको हुनुपर्छ तपाईंलाई अंग्रेजी आउँदैन’ भन्दै रुखो जवाफ दिएका थिए । सोही दिनपछि उनी ओलीसँग निकै आक्रोशित बनेका थिए । शनिबारको भेटमा समेत यो कुरा दोहोरिएको स्रोतले बताएको छ ।

सम्बन्धित खबर