मन्त्रीहरु पुग्ने वित्तिकै संसद विघटनको निर्णय सुनाएर प्रधानमन्त्री ओली हिँडेपछि…

दियो पोस्ट  

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।


आईतबार बालुवाटारमा हताहतार मन्त्रिपरिषद बैठक आयोजना गरिएको थियो । तर मन्त्रीहरु पुग्ने वित्तिकै प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस भएको निर्णय सुनाएका थिए ।


निर्णय सुनाए लगत्तै प्रधानमन्त्री उठेर हिँडेको एक मन्त्रीले बताए । प्रधानमन्त्रीको एकल निर्णय सुनेपछि मन्त्रीहरु नै आश्चर्यमा परेका थिए ।

सम्बन्धित खबर