काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटनको सिफारिस गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । कांग्रेस बरिष्ठ नेता राम चन्द्र पौडेलले मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना पाएको भन्दै उक्त कदम संविधान विपरित भएको बताएका छ ।
‘ यो संविधान विपरीत छ , लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ । अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन,’ उनले भनेका छन्,‘यो फिर्ता गर्नु पर्दछ । म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु ।’