काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्ने सिफारिस गरेपछि चौतर्फी आलोचना भइरहेको छ । संविधानविद्हरुले प्रधानमन्त्री केपी ओलीले यो व्यवस्थामाथि ‘कु’ गरेको आरोप लगाइरहेका छन ।
यता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष राम प्रुसाद सापकोटा दीपशिखा ले संसद विघटन विरुद्ध सडकमा आउन युवाहरुलाई अपिल गरेका छन् । ‘सम्पुर्ण युवाहरुलाई अपिल गर्दछु, संसद विघटनका विरुद्ध सडकमा जाऔं,’ उनले भनेका छन् ।