
काठमाडौं, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको अपहरण गरेको आरोप लगाएका छन् ।
केहीबेरअघि संसद विघटनको सिफारिस लिएर शितल निवास पुगेका प्रधानमन्त्री ओली आगामी वैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेर फर्किएका छन् ।
नेकपा एकतामा महत्वूर्ण भूमिका निभाएका उनले लेखेका छन्, केपि ओलिले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन । यसको रक्षाका लागि सबै तयार होऔ ।