काठमाडौं, ५ पुस । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेम कुमार राईलाई नियुक्त गर्ने सिफारिस गरेको छ ।
सरकारले विवादास्पद अध्यादेशकै भरमा राई र सदस्यमा जय बहादुर चन्दलाई नियुक्त गर्ने सिफारिस गरेको हो ।
पूर्व एआइजी चन्दलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा सदस्यमा नियुक्त गर्ने सिफारिस गरिएको हो ।