
धादिङ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले एकलौटी रुपमा संसद विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै नेता कार्यकर्ता विरोधमा उत्रिएका छन् ।
देशभर विरोधमा उत्रिएका नेता कार्यकर्ताले ओली सरकारको चर्को आलोचना गरेका छन् ।
धादिङको सदरमुकाम धादिङवेशीमा पनि संसद विघटन विरुद्ध नेकपाका नेता कार्यकर्ताले आन्दोलन गरेका छन् । नेकपा धादिङका नेता राम बहादुर भण्डारी ‘बलबिर’ले केपी ओलीले संसद विघटन गरेर ‘आफ्नो चिहान आफै खनेको’ बताए ।
‘कार्ल मार्क्सले आफ्नो घोषणा पत्र जारी गर्दा त्यसलाई सर्वहारा वर्गको विषय र पूँजीपति वर्गको चिहान घोषणा गर्नुभएको थियो । आज केपी ओलीले संसद विघटन गरेर आफ्नो चिहान आफै खने,’ भण्डारीले भने ।