घडेरी खन्ने बहानामा बेनिघाट रोराङ गाउँपालिकामा बालुवा तस्करी : अध्यक्षकै चालकको समलग्नता !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता,
धादिङ, ६ पुस । धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं.५ स्थित् बेनिघाट बजार नजिकै गोमतीमा अवैध बालुवाखानी संचालन गरी तस्करी हुने गरेको खुलाशा भएको छ ।


विगत केहि महिना अघिमात्र गृह मन्त्रालयले देशभरीका क्रसर उद्योग तथा बालुवा खानी बन्द गर्न निर्देशन दिएपनि धादिङको बेनिघाट रोराङ गाँउपालिका कार्यालय नजिकै अवैध बालुवाखानी संचालन गरी तस्करी हुने गरेको स्थानियहरुले स्थानियको गुनासो छ ।


घडेरी खार्ने बाहानामा खुलेआम बालुवा तस्करी भैरहँदा बालुवा उत्खनन् स्थल नजिकै रहेको ईलाका प्रहरी कार्यालय बेनिघाटले समेत चासो नदिएको स्थानियहरुले बताएका छन् ।


उता घडेरी खार्ने बहानामा बालुवा तस्करी गर्ने व्यक्ति गाँउपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटि ‘हरी’का सवारी चालक समेत रहेको खुलेको छ । उनी सोहि स्थानका सिपक सिलवाल रहेको समेत खुलेको छ । त्यस्तै स्थानियको अनुसार गाँउपालिका अध्यक्ष डल्लाकोटि स्वयंकै मिलेमतोमा उनका सवारी चालक सिलवालले अबैध बालुवा उत्खनन् गर्ने गरेका छन् ।


उता गाँउपालिका कार्यालय र ईलाका प्रहरी कार्यालय नजिकै पृथ्वी राजमार्गमै गाँउपालिका अध्यक्ष नजिकका मान्छेले अबैध बालुवा उत्खनन गर्दा समेत गाँउपालिका प्रशासन र प्रहरी प्रशासन नै चुप लाग्नाले समेत गाँउपालिकाका न्य जनप्रतिनिधी र स्थानिय प्रहरी प्रशासनकै मिलेमतो प्रष्ट भएको स्थानियहरुले गुनासो गरेका छन् ।


उक्त स्थानबाट दैनिक ७० ट्रिफर बालुवा बाहिरिने गरेको छ । यद्धपी गाँउपालिका अध्यक्षकै सवारी चालकले खानी दर्तानै नगरी अवैध बालुवा तस्करी गर्दा समेत स्थानियले भने खुलेर त्यसको बिरोध गर्नै नसकेको समेत बताउने गरेका छन् ।

TATA ADD