काठमाडौं, ६ पुस । सुधीर बस्नेतको अर्बौंको सम्पत्ति हत्याउन विभिन्न तिकिडम बाजीमा लागेका प्रभु बैंकका सिइओ अशोक शेरचन र अध्यक्ष देवि भट्टचनको समुह पछिल्लो समय मौन देखिएको छ ।
केही समय अघि राजधानीको धापासी हाइटमा रहेको एनआईसी एशिया बैंकले एनबिए गरेर राखेको २६ रोपनी ९ आना जग्गा र त्यहाँ निर्मित संरचना कौडीको भाउमा हत्याउने दाउमा एक प्रतिष्ठित मिडिया मालिकको सहारामा भट्टचन र शेरचन लागेका थिए ।
ती मिडिया मालिकले आफ्ना भाई समेत रहेका एक एसपी (प्रहरी उपरिक्षक)लाई परिचालन गरेर बस्नेतलाई पुन पक्राउ गराउने र बैंकिङ कसुरमा लामो समय जेल हालेर उनको अर्बौंको सम्पत्ति खाने दाउ गरेका थिए ।
धापासी हाइटमा रहेको करिब डेढ अर्ब रुपैयाँ मुल्य पर्ने जग्गा एनआईसी एशिया बैंकले २० करोडमै हत्याएर राखेको छ ।
एनआईसी एशिया बैंक विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत दायर भइसकेको छ । तर, विभिन्न बहाना बनाउँदै एनआईसी एशिया बैंकले पेसी सारेको थियो ।
अदालतमा मुद्दा चलिरहेको उक्त जग्गा सेटिङमै भट्टचन र शेरचनले हत्याउन लागेको खुलेको थियो ।
तर, सर्वोच्च अदालतले बैंक तथा वित्तिय संस्थाले मनोमानी रुपमा हत्याएको सुधिर बस्नेतको सबै सम्पत्ति बेचविखनमा रोक लगाएपछि एनआईसी एशिया बैंक, देवि भट्टचन र अशोक शेरचनको सपना तुहिएको छ ।
विशेष स्रोतका अनुसार प्रभु बैंकका सिइओ शेरचन र अध्यक्ष भट्टचनलाई एक उच्च अधिकारीले ‘कसैको सम्पत्ति खाने खेलमा लागे २४ घण्टा भित्र पक्राउ पुर्जी पठाइदिन्छु’ भन्दै धम्की दिएको समेत पाइएको छ । सोही धम्कीपछि भट्टचन र शेरचनको अनुहार मलिनो बनेको स्रोत बताउँछ ।
यता आफूलाई प्रतिष्ठित मिडिया उद्योगी बताउने एक दैनिक पत्रिका र टेलिभिजनका मालिक भने आफु निकट वकिलहरुलाई भेटेर ‘मलाई देवि र अशोकले फसायो’ भन्दै हिँडेका छन् ।