काठमाडौँ, पुष ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बाट हटाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको ओली समुहको केन्द्रियहरुको बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको रुपममा तोकेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचण्ड–नेपाल खेमातर्फ भएको कारण ओली समुहले उनलाई हटाउँदै परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीलाई प्रवक्ता बनाउने निर्णय गरेको हो ।
यता प्रचण्ड–माधव पक्षले पनि प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको बताइएको छ ।