ओलीलाई नेकपा अध्यक्षबाट हटाउने ३१५ केन्द्रीय सदस्यको घोषणा

दियो पोस्ट  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षपदबाट हटाएको घोषणा गरेको छ ।

बबरमहलको कार्की ब्यांकेटमा मंगलबार भएको प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी भेलाले ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरेको हो ।

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिती बैठकअघि बसेको स्थायी कमिटी बैठकले नै ओलीलाई प्रधानमन्त्रीबाट हटाएर माधव नेपाललाई नयाँ अध्यक्षको रुपमा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

सोही प्रस्तावअनुसार नै केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाउने निर्णय सदर गरेको हो । प्रचण्ड–नेपाल पक्षका तीन सय भन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।

TATA ADD