नेकपाको अध्यक्षमा माधवकुमार नेपाल चयन

दियो पोस्ट  

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को अध्यक्षमा माधव कुमार नेपाल चयन भएका छन् । प्रचण्ड–नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकबाट माधव कुमार नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय भई उनको स्थानमा वरिष्ठ नेता नेपाललाई चयन गरिएको हो ।