न्युरोडको रिद्धिसिद्धि ज्वैलर्समाथि वाणिज्य विभागद्वारा कारबाही !

दियो पोस्ट  

काठमाडौं, ७ पुस । राजधानीको न्युरोडमा रहेको श्री रिद्धि सिद्धि ज्वैलर्समाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।


विभागले सोमबार गरेको बजार अनुगमनको क्रममा कैफियत भेटिएपछि रिद्धिसिद्धिमाथि कारबाही गरेको हो । सुनचाँदी गहनामा अत्याधिक मिसावट गरेपछि कारबाही गरेको विभाग स्रोतले जनाएको छ । तर, विभागले कारबाही गर्ने जानकारी पाएपछि उनीहरुले भनसुनको आधारमा मिलाएको समेत स्रोतले जानकारी दिएको छ । विभागले आफ्नो वेभसाइटमा भने रिद्धिसिद्धिमाथि सामान्य निर्देशन दिएको मात्रै उल्लेख गरेको छ ।


यद्धपी रिद्धिसिद्धि ज्वैलर्सको ल्यान्ड लाइन नम्बरमा सम्पर्क गरेर प्रतिक्रिया लिँदा भने कुनै कारबाही नभएको प्रतिक्रिया आएको छ ।

TATA ADD