काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी ओली सुमहले आफ्नो समुहको केन्द्रीय समितिमा मनोनयन गरेको भन्दै संविधान सभा सदस्य डम्बर ध्वज तुम्बाहाम्फेले पद अस्विकार गरेका छन् ।
‘यो विषयमा मलाई थाहै नदिई मेरो नाम कमरेड केपी शर्मा ओली समुहको केन्द्रीय सदस्यमा रादिएको प्रति मेरो असहमति रहेको व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबैमा जानकारी गराउँछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनले आफू प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपाको केन्द्रीय समितिमै रहेको जानकारी समेत दिएका छन् ।