‘बादल’ ओली समुहमै रहने पक्का पक्की : ओली सरकारकै गृहमन्त्री रहिरहने !

दियो पोस्ट  

काठमाडौं, ८ पुस । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ विभाजित नेपाल कम्युनिस्ट पार्टी मध्ये प्रधानमन्त्री केपी ओली समुहमा लाग्ने पक्का पक्की भएको छ ।


पूर्व माओवादी कोटाबाट सरकारको नेतृत्व गर्दै गृहमन्त्रालय सम्हालेका बादल कता लाग्छन् भन्ने भन्ने चौतर्फी चासो थियो । बादल निकट केही सदस्यहरु प्रचण्ड माधव समुहका मान्छेलाई फोन गर्दै ‘ओली समुहमा आउन’ लबिङमा लागेको स्रोत बताउँछ ।


बादललाई ओली क्याम्पमा मनाउनका लागि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी ‘सोनामको महत्वपूर्ण भूमिका रहेको स्रोतले बतायो ।


बादलका राजनीतिक सल्लाहाकार सुर्य सुवेदी पथिकले बुधबार सोनामसँगै भेट्दै गरेको तस्विर पोस्ट गरेका छन् । उनको सचिवालय सदस्यहरुले उनी निकट नेताहरुलाई ओली समुहमा आउन आग्रह गरिरहेका छन् ।

बादलका राजनीतिक सल्लाहाकार पथिकले आफ्नो पक्षधरता नखुलाएपनि उनकी श्रीमती ज्ञानु बस्नेत सुवेदी भने प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी भएकी थिइन् ।


त्यस्तै ओली समुहका लाग्ने पक्का पक्की भएका लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सोनामकी श्रीमती तारा घर्ती मगर पनि मंगलबार सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी भएकी थिइन् ।

बादल समुहबाट तत्कालिन स्थायी समिति सदस्यहरु भने प्रचण्ड माधव नेतृत्वको नेकपामा छन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ