संसद विघटनको सुनुवाईको इजलाशमै ओली निकट न्यायाधीश : चालेन्द्रले गडबढ गर्नसक्ने !

दियो पोस्ट  

काठमाडौं, १० पुस । संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ । सुनुवाईका लागि प्रधानन्यायधीश चालेन्द्र सम्शेर जबराले आफूसहित ५ जना न्यायाधीशको इजलाश तोकेका छन् । जसमा आफू अनुुकुल न्यायाधीश मात्रै छन् । संसद विघटन सम्बन्धीको पेशी सुची अनुसार चालेन्द्र सम्शेर जबरा, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलाश चोकिएको छ ।


न्यायाधीश कार्की प्रधानमन्त्री ओलीकै सिफारिसमा सर्वोच्चको न्यायाधीश बनेका हुन् । उनी पहिलो पटक केपी ओली प्रधानमन्त्री बन्दा ओली सरकारको महान्यायाधीवक्ता थिए ।

अन्य न्यायाधीश पनि प्रधानान्यायाधीश चालेन्द्र शम्शेर जबराकै अनुकुल रहेको पाइएको छ । सर्वोच्च अदालतकै बरिष्ठ न्यायाधीशहरु दीपक कुमार कार्की र मिरा खड्कााई संवैधानिक इजलाशबाट हटाइएको छ । उनीहरुले अन्य पेसीमा सारिएको छ ।


ईजलाशमा न्यायाधीश फेरिएसँगै संसद विघटन सम्बन्धी मुद्दामा प्रधानन्यायाधीशले बदमासी गर्न सक्ने आशंका गरिएको छ ।

TATA ADD