काठमाडौं, १२ पुष । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध आज अविश्वासको प्रस्ता दर्ता गरिएको छ । प्रदेश सभा सचिवालयमा दर्ता भएको उक्त प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ ।
हिजो मात्र वर्खास्तमा परेको अर्थमन्त्री इन्द्र आङ्बो अविश्वासको प्रस्तावका प्रस्तावक छन् । सांसद लक्ष्मण तिवारी समर्थक छन् ।
नेकपा विभाजनको असर प्रदेशमा पनि देखिएसँगै सरकारलाई अल्पमतमा पार्ने खेल सुरु भइसकेको छ ।
यसअघि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।
प्रदेश १ मा ९३ सांसद मध्ये नेकपाका ६७ सांसद हुन् । तीमध्ये पनि प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने ओली पक्षमा २० जना सांसद छन् ।