राप्रपा केन्द्रीय सदस्यमा शिव कुमार बास्तोलाको उम्मेदवारी

diyopost.com
दियो पोस्ट  बुधबार, मंसिर १५, २०७८ | ११:४५:१६

कास्की । राप्रपा नेपालको आसन्न महाधिवेशनको चटारो शुरु भएको छ । महाधिवेशनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै उनलाई राजेन्द्र लिङ्देनले कडा टक्कर दिने संभावना छ ।

पोखरामा रहेर सामाज सेवामा सक्रिय शिव कुमार वास्तोलाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यही मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुने महाधिवेशनमा बास्तोलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

राप्रपाको कास्की जिल्ला कार्यसमितिका पूर्व बरिष्ठ उपाध्यक्ष रहेका उनी राष्ट्रिय उद्योग वाणिज्य संगठनको पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन् । केन्द्रीय कार्यसमिति सदस्यमा रहेका उनी सामाजिक संस्थामा समेत आवद्ध छन् ।

नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य, रोटरी इन्टरनेश्नल ३२९२ पोखरा अन्नपूर्ण सदस्य, लायन्स इन्टरनेश्नल ३२५ वि १ पोखरा चौतारी पूर्व अध्यक्ष रहेका उनी विभिन्न व्यावसायीक क्षेत्रमा समलग्न छन् । पर्यटन, अटोमोबाइल्स, रियल स्टेट र सञ्चार उद्यममा समेत वास्तोला सक्रिय छन् ।

सम्बन्धित खबर