एमाले महासचिवमा निर्वाचित भएपछि श्रीमतिसहित दासढुंगा पुगे शंकर पोखरेल !

diyopost.com
दियो पोस्ट  बुधबार, मंसिर १५, २०७८ | २३:५०:३६

दासढुंगा । एमाले अध्यक्ष केपी ओलीको काटाबाट महासचिवमा निर्वाचित भएपछि शंकर पोखरेलले मदन आश्रितको शालिकमा माल्यार्पण गरेका छन् । चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै पोखरेलले बुधबार चितवनको दासढुंगामा रहेको मदन आश्रिततको शालिकमा माल्यार्पण गरेका हुन् ।

जनताको बहुदलीय जनबाद (जबज) एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको शालिकमा माल्यार्पण गर्दै महासचिव पोखरेलले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प व्यक्त गरे ।

बदलिँदो राजनीतिक परिवेशमा जबजको सान्दर्भिकता बढेर गएको भन्दै महासचिव पोखरेलले जबजको मर्म अनुसार नै एमाले अगाडि बढ्ने बताए ।
दशौं महाधिवेशनस्थल सौराहाबाट दासढुंगा पुगेका उनले जनतालाई खुसी र सुखी बनाउन सके मात्र मदन–आश्रितप्रति सच्चा सम्मान हुने बताए । पोखरेल श्रीमती सुजिता शाक्यलाई समेतसंगै लिएर गएका थिए । उनकी श्रीमती शाक्य समेत एमाले केन्द्रीय सदस्यमा नियुक्त भएकी छिन् ।

 

सम्बन्धित खबर