नेपालमा पनि भेटियो नयाँ भेरियन्टको ‘ओमिक्रोन’ भाइरस !

diyopost.com
दियो पोस्ट  सोमबार, मंसिर २०, २०७८ | १६:५२:१५

काठमाडौं, । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको सोमबार पुष्टि गरेको हो ।

सोमबार दिउँसो १ बजे स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा दुई जनामा ओमिक्रोन फेला परेको पुष्टि गरेका हुन् ।

सहप्रवक्ता डा. अधिकारीअनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएको हो । उनीहरु दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन सङ्क्रमित दुवै जना अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छन् भने उनीहरुमा गम्भीर लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । उनीहरुसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर