काठमाडौं । लामो समयदेखि बेपत्ता भएका चन्द्रे कामी भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका हुम्लाका उनलाई प्रहरीले फेला पारेको हो ।
हुम्लाको खार्पुनाथ गाउँपालिकामा उनलाई भेटिएको प्रहरीले जनाएको छ । उनको खोजीका लागि ३५ जना प्रहरी परिचालन गरिएको थियो।
बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको हो । उनलाई सदरमुकाम ल्याइँदैछ ।
हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रेले मंसिर ५ गते मुगुको सोरु गाउँपालिका–४ की रमिला मल्ललाई भगाएपछि रमिलाका माइती पक्षले २९ गते राती खोसेर लिएका थिए।
त्यसै दिनदेखि चन्द्रे सम्पर्कविहिन थिए। उनलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो।
रमिला र उनका बुवा प्रहरीको निगरानीमै छन्। चन्द्रेको परिवारले उनलाई रमिलाका माइती पक्षले सँगै लिएको दाबी गरिरहेका छन्।