भिडियो प्रकरणले ज्वालामुखि गाउँपालिका उपाध्यक्ष सिंखडालाई तनाव, गालीगलौचमा उत्रिइन् !

diyopost.com
दियो पोस्ट  बुधबार, पौष १४, २०७८ | १४:०८:१२

धादिङ्ग । धादिङ्गको ज्वालामुखी गाउँपालिकाले १७ लाख खर्चिएर बनाएको ४१ मिनेटको भिडियो रिपोर्टको विषयमा समाचार प्रकाशन भएपछि गाउँपालिका उपाध्यक्ष जानुका सिंखडालाई तनाव भएको छ ।

प्रकाशित समाचारको तथ्यसहित खण्डन गर्नुको सट्टा नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी सिंखडा सञ्चार माध्यम विरुद्ध गाली गलौचमा उत्रिएकी छिन् ।

महालेखा परिक्षकको प्रतिवेदनमा आधारित रहेर प्रकाशित समाचारलाई लिएर उनी प्रतिरोधमा उत्रिएकी हुन् । समाचारमा चित्त नबुझे सम्बन्धित सञ्चार माध्यममै खण्डन गर्न पाउने प्रेस काउन्सिल आचार संहितालाई ठाडो उलंघन गर्दै समाचार लेख्ने पत्रकारलाई ‘पत्रुकार’ भन्दै आफ्नो बचाउमा उत्रिएकी छिन् ।

 


गाउँपालिकाले निर्माण गरेको ४१ मिनेटको भिडियो रिपोर्टलाई १७ लाख रुपैयाँ भन्दा बढी रकम खर्चिएको फेला परेको थियो । उक्त भिडियो निर्माणमा गाउँपालिका अध्यक्ष विनोद तिमल्सेना र उपाध्यक्ष जानुका सिंखडाकै परिकल्पना रहेको उल्लेख छ ।

दुर्गम क्षेत्र विकास समितिका इन्जिनियर नवराज न्यौपानेका अनुसार उक्त समितिले हरेक आर्थिक वर्षमा दुर्गम गाउँपालिकामा भएका गतिविधि समेटेर ३० ३० मिनेटको भिडियो रिपोर्ट तयार पारेर नेपाल टेलिभिजनमा प्रसार गर्दा समेत जम्मा ५ लाख रुपैयाँ खर्च भएको थियो ।

समितिले जाजरकोट धादिङ्ग र सिन्धुपाल्चोकमा गएर रिपोर्ट तयार पार्दा समेत ५ लाखमै तयार भएर नेपाल टेलिभिजनमा प्रशारण भएको थियो । धादिङ्गको लापा तिप्लिङ्गसम्म पुगेर रिपोर्ट तयार भएको थियो । तर, गाउँपालिकाले अध्यक्ष, उपाध्यक्षसहित केही पदाधिकारीको भनाई राखेर तयार पारेको ४१ मिनेटको उक्त भिडियो निर्माणर्म १७ लाख रुपैयाँ खर्च भएको सार्वजनिक भएपछि सरोकारवालाहरुले आश्चर्य प्रकट गरेका छन् । भिडियो निर्माण भएको विषयमा महालेखाले प्रतिवेदनमै प्रश्न बेरुजु देखाएको छ । बेरुजु भनेको एक प्रकारको भ्रष्टाचार हो ।

 


भिडियोमै उक्त भिडियो गाउँपालिका अध्यक्ष र उपाध्यक्षको परिकल्पना भएको बताइएको छ । भिडियो निर्माणबारे आधिकारीक र तथ्यसहित जवाफ दिनुको सट्टा गाउँपालिका उपाध्यक्ष सिंखडाले ‘चोरको खुट्टा…. ’ चर्चित नेपाली उखान जस्तै प्रवृति देखाएकी छिन् ।

 

सम्बन्धित खबर