काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ त्रिशुली नदिमा मापदण्ड विपरित गैरकानुनी उत्खनन् गर्नेहरु भागाभाग हुन थालेका छन् । आइतबार प्रहरीको टोलीले उत्खनन गरेको क्षेत्रमा निगरानी बढाएपछि उत्खनन् गर्नेहरु भागाभाग भएको हो । दियोपोस्ट यस विषयमा निरन्तर समाचार प्रकाशन गरेपछि प्रहरीले कडाई गरेको हो ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका विष्णु थपलिया र शिव सुवेदी लगायतको समुहले गैरकानुनी उत्खनन् शुरु गरेका थिए । केहीदिन अघि प्रमुख जिल्ला अधिकारी लम्सालले आफूहरुकै सक्रियतामा उत्खनन् कार्य रोकिएको दियोपोस्टलाई बताएका थिए । तर, सिडिओ कार्यालय र जिल्ला समन्वय समितिको सेटिङमा फेरी उत्खनन् शुरु भएको थियो ।
‘सिडिओ र प्रहरी प्रमुखले कुन निति नियममा आधारित रहेर फेरी उत्खनन् गर्न दिनु भयो भन्ने आश्चर्यको विषय बनेको छ,’ एक स्थानियले दियोपोस्टलाई भने,‘अहिले के सेटिङ कसरी मिल्यो र धन्दा शुरु भयो सबै जना चकित बनेका छौँ ।
त्रिशुली नदिको बालुवा ‘तस्करीमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलीया नै संलग्न !
रोकिएन त्रिशुली नदिमा बालुवा तस्करी : दिनदहाडै थपलिया समुहको त्रिशुलीको बगरमा आतंक !