सोमबार ४६ अंकले बढ्यो नेप्से, पाँच अर्ब ३१ करोडको सेयर किनबेच

दियो पोस्ट  

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेप्से २२ सय अंकमा चढेको छ । अघिल्लो दिन झण्डै २१ अंकले बढेको नेप्से आज पुनः ४६ दशमलव ७६ अंकले बढेर २२ सय ११ दशमलव ३८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६१ अंकले बढेर चार सय १९ दशमलव ८४ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको ७४ हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता सेयर खरिद–बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा होटल तथा पर्यटन समूहको सूचक २३ दशमलव ९२ अंकले घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २९ दशमलव २२ अंकले बढेर १४ सय १२ दशमलव ६७ अंकमा चढेको छ । बिकास बैंक समूहको सूचक पनि एक सय २४ दशमलव २७ अंकले बढेर तीन हजार नौ सय ४९ दशमलव एक अंकमा चढेको छ ।