फरार सांसदबारे प्रश्न उठेपछि गृहमन्त्रीले भने – विधि र पद्धतिभन्दा बाहिर गएर काम गर्दैनौँ

दियो पोस्ट  

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या आरोपित सांसद प्रतिनिधि सभा बैठकमा सहभागी हुने गरेको भन्ने प्रश्नको जवाफ दिएका छन्।

बिहीबार बसेको संसदको बैठकमा बोल्दै गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताए।

यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा हत्या आरोपितसमेत उपस्थित हुने गरेको सम्बन्धी प्रश्न उठाएका थिए। उनले नेकपा एमालेबाट महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी कोइरी महत्तोमाथि लक्षित गर्दै उक्त प्रश्न गरेका थिए।