सरकारबाट बाहिरिने चेतावनी दिएको जनमत पार्टी छलफलमा

दियो पोस्ट  

काठमाडौं । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने चेतावनी दिएको सीके राउत नेतृत्वको जनमत पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलका लागि बोलाएका छन् । जनमत पार्टीबाट सरकारमा सहभागी मन्त्री अब्दुल खान प्रधानमन्त्रीसँग छलफलका लागि जाने उक्त पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।

आइतबारसम्म मन्त्रालय परिवर्तन नगरे सरकार छोड्ने जनमत पार्टीबाट मन्त्री भएका खानले प्रधानमन्त्री दाहाललाई जानकारी गराइसकेका छन् । महासचिव सिंहले मन्त्रालयबारे छलफल गर्नका लागि पार्टीलाई प्रधानमन्त्रीले बोलाएको जानकारी दिए ।