कर्णाली प्रदेश : मन्त्रिपरिषदले पायो पूर्णता, ६ बजे शपथ

माओवादीका ४ र एमालेका ३ मन्त्री

दियो पोस्ट  

काठमाडौं । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।

७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन् ।

माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।

मन्त्री बन्नेहरूको नाम टुंगो लागेसँगै नियुक्तिका लागि मुख्यमन्त्री राजकुमार शर्माद्वारा प्रदेश प्रमुखलाई सिफारिस गर्ने र आजै साँझ ६ बजे मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ खुवाउने तयारी रहेको बताइएको छ।