काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोषमा नातावाद लागु गरेको पाइएको छ । आफ्नो नातेदारलाई योग्यता नै नपुगेपनि प्रशासन विभागीय जिम्मेवारी दिएको पाइएको छ ।
कोषको सातौँ तहको कर्मचारी अच्युत पन्तलाई आठौँ तहको कामु दिएर प्रशासन विभागको प्रमुख बनाइएको छ । जबकी प्रशासन विभागमा प्रशासन क्षेत्रकै आठौँ तहका कर्मचारी हुनुपर्छ । तर, घिमिरेको ज्वाइँ नाता पर्ने पन्त एसिए भएपनि प्रशासनमा भित्र्याइएको छ । उनै पन्तले कर्मचारी विनियमावलीको अपव्याख्या गरेर कर्मचारी बढुवा सम्बन्धी सुचना निकालेको स्रोतले बताएको छ ।
पन्तलाई बढुवा गर्ने भित्रि नियतबाट यो सुचना प्रकाशन भएकोले स्वार्थको द्वन्द समेत देखिएको एक कर्मचारी बताउँछन् । त्यसो त उनी पदपूर्ति समितिका सदस्य सचिव समेत हुन् ।
आफू सदस्य सचिव भएकै कारण कर्मचारी विनियमावलीको व्याख्या गर्ने अधिकारी आफूमा निहित भएको उनको जिकिर छ । तर, उनी आफैले आफैलाई व्यवस्थापन गर्न विना दरबन्दीको सुचना निकालीएको कोषका एक कर्मचारीले बताए । उनकै कारण लेखा समुह र प्रशासन समुहलाई एकै बनाएर सुचना निकालिएको छ ।
उनी पदपूर्ति समितिको सदस्य सचिव भएपछि कर्मचारी विनियमालीको समेत अपव्याख्या गरिएको छ । कर्मचारी विनियमावलीको व्याख्या गर्ने अधिकार नियमावलीकै २०७५ विनियम ३ मा संचालक समितिलाई दिएको छ । मैले पनि कानुन पढेको छु भन्दै आफै व्याख्या गर्दै आएका छन् । कोषमा रहेका सिए तथा एसिएहरु मध्ये एक जना सृजना गौतमले मात्रै लेखा परिक्षण परिक्षा पास गरेर कोषमा नियुक्त छिन् । अरु सबै असक्षम रहेको स्रोत बताउँछन । अरुसँग त्यो प्रमाण पत्र समेत छैन । प्रशासन र लेखा समुहबाट आएका कर्मचारीलाई सोही आधारमा व्यवस्थापन गर्नुपर्नेमा लोकसेवा आयोगले समेत कुनै ध्यान दिएको छैन ।
यो पनि
नियमको धज्जी उडाएर निक्षेप तथा कर्जा सुरक्षण कोषमा कर्मचारी भर्तिको सूचना :लोक सेवा समेत मुछियो !