हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष भन्छन्- स्थानीय निकायमा भ्रष्टाचार कम भएको देख्छु

- ईश्वर विश्वकर्मा  

काठमाडौं । हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी शिक्षक पेशा छाडेर जनयुद्धमा होमिएका पात्र हुन् ।

कर्णाली प्रदेश हुम्ला जिल्लाको दक्षिण पश्चिम भागमा अवस्थित यो गाउँपालिका, मुगु, बाजुरा जिल्लाको सिमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटवाट ४८ कोष टाढा छ । साविकको मदना र मैला गाविसलाई २०७३ मा ताँजाकोट गाउँपालिकाको रुपमा नामाकरण गरिएको हो । यस पालिकामा ५ वटा छनभने गाउँपाकिला ३ वडामा पर्छ । १८० वर्ग किलोमिटर क्षेत्रमा अवस्थित गाउँपालिकामा ६९९५ जनसख्या रहेको छ ।

सामाुदायिक सहित १९ विद्यालय दुई स्वास्थ्य चौकि र दुई गैरसरकारी संस्था रहेका छन् । प्राकृतिक रुपमा अत्यन्त सौन्दर्य र हरियालि वनजंगल विभिन्न जडिवुटि हिँउको प्रतिविम्व झल्काउने हिमालहरुले गर्दा पर्यटकिय गन्तव्यको स्थल वनेको छ । नत धेरै चिसो, नत धेरै गर्मी प्रतिकुल छ मौसम । कृषिमा निर्भर भएपनि, पशुपालन आम्दानीको मूख्य स्रोत बनेको छ । हिमालपारीको जिल्ला हुम्लामा राज्यसँग सिधा जोडिने मोटरबाटो अझै पुग्न सकेको छैन् । दोस्रो स्थानीय निर्वाचनमा निर्वाचित जैशीको कार्यकाल कस्तो बन्दै छ ? उनै जैशीसँग दियोपोस्टका ईश्वर विश्वकर्माले स्थानिय सरकारसँग दियोपोस्ट श्रङ्खलामा टेलिफोन संवाद गरेका छन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै यहाँले गर्नु भएको पहिलो काम के थियो ?
म निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीलाई नयाँ ढंगको लैजाने योजना बनाएको छु । उपलब्ध बजेट र स्रोतलाई भरपुर परिचालन गरेर परिवर्तन गराउन लागेको छु । मुख्य कुरात स्रोतकै हो । न्यून स्रोतले धेरै परिवर्तन ल्याउन सकिदैन । तर सहि ढंगले सदुपयोग र परिचालन गर्ने अख्तियारी लिएको छु ।

तपाईंको विचारमा विकास के हो ?
विकास भन्ने वित्तिकै चेतना र सामाजिक जिम्मेवारी नै हो । चेतनाले धेरैचिज निर्धारण गर्दछ फेरी चेतनाका लागि शिक्षानै प्रमुख कुरा हो । शिक्षालाई गुणस्तरिए बनाएर सबैकालागि शिक्षा बनाउन सकियो भने चेतनाको विकास हुन्छ र सामाजिक हिसावले रुपान्त्रण हुन्छ । दोस्रो कुरा चेतनासँग मानिस बाच्नको लागि स्वास्थ्य हुन जरुरी देखिन्छ । स्वस्थ रहन तागतिलो खाना चाहियो, खानाको लागि उत्पादन मुख्य कुरो हो । त्यसपछि भौतिक पूर्वाधारको कुरो आउछ । ति सबै विकास निर्माणसँग जोडिन्छ । त्यसकारण स्वस्थ रहन जरुरी छ । त्यसका लागि शिक्षा, स्वास्थ्यमा लगानी गर्नुपर्ने हुन्छ । उत्पादनसँग रोजगारी जोडिएको हुन्छ । त्यसपछि चाही अन्य सेवासुविधाहरु त्यही ढंगले विकास भन्ने बुझद्छु ।

शिक्षा, स्वास्थ्य लगायत आधारभूत विषय वस्तुहरुमा जनताको जीवनस्तर कस्तो छ ?
मेरो गाउँपालिकामा उपस्वास्थ्य चौकी दुईवटा, सामुदायिक स्वास्थ्य इकाइहरु छन् । अस्पताल छैन् हाम्रो स्रोतले व्यवस्थापन गर्न सक्दैन । डाक्टरलाई तलब खुवाउन १२÷१५ लाख पैसा चाहिन्छ । संघिय सरकार र प्रदेश सरकारले यो विषयलाई चासो दियो भने १० शैयाको अस्पताल निर्माणाधीन छ । अन्य विभिन्न औषधि उपकरणदेखि लिएर यो व्यवस्थापन गाउँमै गर्न सकिन्छ । जटिल केसहरु बाहेकका अरु सबै आधारभूत प्राथमिकताका उपचार यही गर्न सकिन्छ भन्ने सोच छ । शिक्षाको हिसावले हिजोका दिनमा विद्यालयहरु गाउँ टोलमा स्थापना गरियो तर शिक्षकको व्यवस्थापन गरिएन । शिक्षकको व्यवस्थापनमा संघिय सरकार चुकेको देखिन्छ किनकी विद्यालयलाई आवासीय मोडेलमा पनि लैजादा हुनेथियो । परिक्षाप्रणालीलाई सुधार गर्ने कुरामा पनि चुकेकै छ ।
भौतिक पूर्वाधारको हिसावले हेर्नेहो भने सबै गाउँ–गाउँमा बाटो जोडिएको छ । तर गाउँका नागरिक सचेत भने छैनन् । स्वास्थ्यको हिसावले आफ्नो रोग लुकाएर बस्ने गरेको पाईन्छ । विषेशगरि महिलाहरु प्रजनन सम्बन्धी रोगहरु भन्न लाजमान्ने भएकाले प्रत्येक महिनाको एकदिन नागरिककै घरमा पुगेर हाम्रा स्वास्थ्यकर्मीले स्वास्थ्य जाँचगर्ने अख्तियार गरेका छौ । पालिकाले चार जनाको समुह बनाएको छ । एच.ए, स्टाफनर्स, अनमी, र अहेब एक–एकजना छन् । प्रत्येक महिना अभियानकै रुपमा गाउँगाउँ टोलटोलमा स्वास्थ्य परिक्षणको अभियान सञ्चालन गरेका हौ ।

कृषिमा कस्तो सुधार योजना ल्याउनु भएको छ नी ?
मेरो अहिलेको योजना मुख्यतया कृषिलाइनै केन्द्रबिन्दुमा राखेको छु । किनकी सम्भावनाको हिसावले ९७ प्रतिशत मानिस कृषिमा निर्भर छन् । कृषिलाई व्यवसायिकरणगर्न सकिएको छैन् । त्यसकारण नयाँ मोडेलको खेतिमा जाने योजनाका साथ अगाडि बढेको छु । आयातित सामान आउने र निर्यात गर्नको लागि गाउँमा केही नभएकोले यसलाई व्यवस्थापन गर्नतिर मेरो जोड छ । किनभने सामान ल्याउने फर्किदा रित्तै फर्कीनु पर्ने भएकाले कृषिमा अलि जोड दिएको छु । मेरो मुल नारा ‘निजि स्वामित्व, सामुहीक काम’ हो । यसको अर्थ प्रत्येक गाउँको एउटा ठाउँलाई लिएर विकास गर्ने । अर्को वर्ष अर्को गाउँमा विकास गर्ने र स्वामित्व चाही निजिकरण बनाई दिने भन्ने हो ।

यसलाई मैले अर्कोरुपमा ‘एक बगैचा अनेक स्वामित्व’ पनि भन्ने गरेको छु । विकासका कामलाई साझा गर्ने । स्रोत साधान सरकारको अगुवाहीमा व्यवस्थापन गर्ने भन्ने हो । त्यसैको लागि मेरो कार्यकालमा करिब यो वर्ष ९ करोड कृषिमामात्र लगानि गरेको छु । अबको परिवर्तन कृषिका लागि हो । नगरिकले उत्पादनमा संघर्ष नगरि आम्दानीको स्रोतहुँदैन । आम्दानी नभएसम्म जनताको जिवन बदल्न सकिदैन । जीवन नबदलेसम्म नयाँ योजना र ठाउँमा पुग्न सकिदैन भन्ने हेतुले यो क्षेत्रमा जोडतोडका साथ अगाडी बढाउन लागेका हौं । स्थानीय तहहरुले विकासको नाममा जथाभावी डोजर तथा स्काभेटर लगाएर पर्यावरण ध्वस्त बनाएको भनेर महालेखापरीक्षकको पटक पटकको प्रतिवेदनमा सार्वजनिक भइरहेका छन् । तपाईंले यसलाई नियन्त्रण गर्न कस्तो भूमिका खेल्नु भएको छ ।

विकासको लागि ध्वस्त बनाउँनै पर्छ । तर कसरी ध्वस्त बनाउने भन्ने कुरोहो । निर्माणकालागि हामीसँग कुनै नयाँ मेकानिजम छैन् । श्रमदानबाट कतिगर्न सकिन्छ भन्ने हो । ठूलै विकासको लागि त डोजर लगाउनै पर्छ । त्यसकारण पनि दैविक प्रकोप निम्त्याउने, वातावरण भू–क्षहुने स्वाभाविक हुन्छ । त्यसलाई न्युनिकरण गर्नको लागि विरुवा रोप्नेदेखि अन्य विकल्पका योजनाहरु ल्याउन सकिन्छ । त्यसकारण हामीले कृषिकै लागि जोड दिएका छौ । यसले जनताको जिविकोपार्जनमा साथ दिने छ । संघियतापछि गाउँमा बाटो पु¥याउनै पर्ने बाध्यता पनि हुन्छ । किनकी, सुविधा सम्पन्न बनाउनु पर्नेछ । सुविधा सम्पन्न नबनाएर सेवा दिनुपर्ने छ । श्रमदानलेमात्र बाटोघाटो पु¥याउन सकिदैन् त्यस्तो ठाउमा मिसीनहरु प्रयोग गर्नैपर्ने हुन्छ । सकेसम्म यस्ता जोखिलाई न्युनिकरण गर्न प्रयार गर्ने हो । भएन भनेपनि रोकथाम कसरी गर्न सकिन्छ आगामी दिनमा त्यसलाई निर्माण गर्दा पहिलाको स्थानसम्म कसरी लान सकिन्छ भनेर सोच्नु पर्छ । हरियो गाउँ शहर बनाउन सकियो भने । राम्रो हुन्छ यसैलाई अध्ययन गरेर हामी लागि रहेका छौ. ।

स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना बढी हुने गरेका छन् । सुशासन कायम गर्न तपाईं कसरी काम गरिरहनुभएको छ ?

यो प्रश्नमा मेरो अलि फरक मत छ । स्थानीय तह भ्रष्टचारका अखडा बने भन्छन् तर मैले बुझेको अनुसार स्थानीय निकायहरुमा धेरे सुशाशन कायम भएको देख्छु । धेरै पारदर्शी ढंगले काम भएको पाउँछु । हिजो राज्य पुनर्संरचना भन्नेपनि अगाडी सूचनाको पहँच र नेटवर्कको व्यवस्था थिएन् । गाउँ गाउँमा सूचना र चेतनाको विकास भएको थिएन् । सदरमुकाममा दुई चारजना पहुँच हुनेहरु पुग्थे । जनताहरु संघिय सरकारको पहुँचमा पुगेका थिएन्न् । पुग्नेले सूचना पाउदैन थिए । त्यो समयमा भ्रष्टचार हुनेगरेको थियो । अहिलेत घरघरमा सामाजिक सञ्जालसँग जोडिएका जनता, सेवासुविधा सम्पन्न सेवाग्राही । सबैथोक ढोकैमा भइकाले कसैले छुसुक्क ग¥योकी जनता बोलिहाल्छन् । त्यसकारणपनि धेरै अनुशासन उलंघनको घटना भएको छैन् । तर मैले मेरो गाउँपालिकामा सुशासन, पारदर्शीता कसरी काएम गराउन सकिन्छ भनेर लागि परेको छु ।

यस गाउँपालिकाबाट संचालित हुने कुनैपनि निर्माणका काममा श्रमिकले पाउने सेवासुविधा सिधै खातामा जाने व्यवस्था मिलाएको छु । ठेक्काको रकमान्तरणका लागि एउटा कार्यविधिनै बनाएका छौं । सिधै बैंक खातामा रकमान्तरण भएको पाउँनु हुन्छ । र अर्को कुरो रोजगारको हिसावले हेर्ने हो भने त्यहीका श्रमीकलाई काम लगाउनु पर्ने हुन्छ बाहीरबाट ल्याउन पाइदैन । यदी त्यस काममा दक्ष जनशक्ती भेटिएन भने हाम्रो अनुमतिमा बाहीरबाट ल्याउनु पर्ने हुन्छ । आजसम्मको आकलन हेर्ने हो भने ३२ सय बेरोजगार मध्य २२ सयलाइ रोजगार दिई सकेका छौं । श्रमीकले कामगरेको रकम सिधै बैंक खातामा जान्छ त्यहा भ्रष्टचार हुने कुरै भएन् । अब आयो ठेक्काको विषय यो ई–बीडीङबाट गछौं । ठेकेदारसँग क्वालीटीमा कुनै सम्झौता गर्दैनौ । अन्य विषयमा पारदर्शी तरिकाले काम गराएका छौं र गरेका पनि छौं । म निर्वाचित भएदेखि एउटा मात्रै अख्तियारमा मुद्दा परेको छ वडाको चालुखर्चको विषयलाई लिएर अन्य एउटापनि मुद्दा परेको छैन् । यो वर्षदेखि सुन्यमा झार्ने प्रणगरेका छौं । सुशासन कायम गर्नका लागि हामी कही कतै चुक्दैनौ । सुशासनको मामलामा सम्भवत देशभरिकै पहिलो होला यो गाउँपालिका र अर्कोकुरा ९ करोर रकम गाउँपालिकाको अन्तरिक स्रोत र दात्रिसंस्थाहरुको देन हो । लगभग ४ करोड संघ र प्रदेशको योजनामा छन् । १३ करोड रकम हामीले यो वर्ष निर्माण तिर परिचालन गरेका छौं ।

देशैभरका युवाहरु वैदेशीक रोजगारीमा गइरहेका छन् । यस्तै समस्या तपाईंको गाउँमा पनि होला । स्थानीय स्तरमा युवा पलायनलाई रोकेर गाउँमै रोजगारी दिने अवस्था बनाउन के–कस्ता प्रयास गर्नुभएको छ ?
मैले जे जति कामगरे बेरोजगार युवालाई रोजगार बनाउनकै लागि गरेको छु । स्याउ र ओखर रोप्ने भूभाग सकिएकोले अब हामी तल्लो भूभाग जादैछौं । यो गर्नका लागि सरकारको साथ चाहीन्छ आम्दानी भएको रकम त्यही युवाकालागि लगानी गरिने छ र रोजगीपनि पाउने छन् । यसलाई हामीले स्थानीय सरकार सँग युवा साझेदारी कार्यक्रम भनेर राखेका छौ । पहिला बेरोजगरा युवाले सुरुवात गर्नु प¥यो, २ वटा कुखुराबाट सुरुगरेपनि हुन्छ त्यसपछि हामी लगानी गरिदीने छौं यो हाम्रो प्रतिवद्धता हो ।

अबको पाँच वर्षमा तपाईको नेतृत्वले ताँजाकोट गाउँपालिका कस्तो बन्छ ?
समृद्ध गाउँपालिका बनाउन सुशासन र सामाजिक न्यायको ढोका खोल्न संघिय र प्रदेश सरकारले भरपुर सहयोग गर्नुप¥यो म दृढकासाथ लाग्ने छु । थोरै रकममा धेरै कामगर्नुृ छ तैपनि म प्रयासरत छु । त्यसैले समाजबाद उनमुख बनाउन सकिन्छ । संविधानको लक्षअनुरुप त्यो लक्षतिर अगाडी बढ्न ढोका खोल्नेछ । समाजबादका भुणहरु गाउँतिर स्थापनागर्न सकिन्छन र हामी समाजबादमा जान सक्छौ ।