चौथो रारा ट्रेल रनको उपाधी पुरुष तर्फ अक्कल र महिला तर्फ राज्यलक्ष्मीले जिते

दियोपोस्ट संवाददाता  

मुगु । नेपाली सेनाले नेपाल कै ठूलो र गहिरो ताल रारामा सन्चालन गरेको चौथो रारा ट्रेल रन प्रतियोगितको उपाधी अक्कल र राज्यलक्ष्मीले हात पारेका छन ।
बर्सेनि नेपाली सेनाले आयोजना गर्दै आएको ट्रेल रनको चौथो पटकको रनको लागि नेपाल कै ठूलो ताल रारा ताल वरिपरि धावकहरुलाइ प्रतिस्प्रधा गरिएको थियो ।
यो वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हमुमान ध्वज गुल्म रारा रहेको छ ।
शुक्रबार विहान सन्चालन भएको रारा ट्रेल रनमा महिला र पुरुष गरि १९४ जना खेलाडीले सहभागिता जनाएका थिए ।
सहभागी पुरुष १६९ मध्य छायानाथ रारा नगरपालिका वडा न १४ वाम गाउका अक्कल बढुवाल(१७) ले निर्धारित १६ किमि दुरि १ घण्टा २ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम,कनकासुन्दरी गाउपालिका ३ का सेर बहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्डमा पार गर्दै दृतिय र कनकासुन्दरी २ जुम्ला कै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तृतिय स्थान प्राप्त गरेका थिए ।
यस्तै महिला सहभागी ३५ जना मध्य गोठिचौर गाउपालिका ३ गज्याङ्गकोट गाउकी राज्य लक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दुरि १ घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गर्दै प्रथम,पातारासी गाउपस्लिका २ जुम्ला पेडा गाउकि कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड लगाएर दोर्सो र जुम्ला जिल्ला समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ट लगाएर तेर्सो स्थान हात पारेका छन ।
ट्रेल रनमा प्रथम,दृतिय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुष तर्फका विजेता खेलाडिहरुलाइ जनही क्रमस ५० हजार,४० हजार,३० हजार नगद सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ ।
विजेताहरुलाइ प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि,छायानाथ रारा नपा कावा न्ग्र प्रमुख पदमराज मल्ल,हिमा गाउपालिका जुम्लाका अध्यक्ष,उत्तर पश्चिम पृथना उपरथी कृष्णदेव भट्टले पुरस्कार,प्रमाण पत्र र ट्रफी प्रदान गर्नु भएको थियो ।
दौड प्रतियोगितामा जेष्ठ खेलाडि ५१ वर्षिय राजाराम बुढा (राज्यले हल्लायो) देखि कान्छा खेलाडी १५ वर्षिय दिपेन्द्र रावल प्रतियोगिका रुपमा सहभागी भएका थिए ।